झापा / बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन सुरु गरेको छ ।
उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन् ।
वडा नम्बर ५ मा १९ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्ने हस्मत अली साइ, सोही वडामा १४ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनवीर थारू, १० कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर २ का रामसुरत मौर्य र आरतीदेवी मौर्य, ५ कठ्ठामा तरकारी खेती गर्दे आएकी वडा नम्बर १ की कमला तिवारीले किसान पेन्सन पाएका छन् ।






































