झापा / गत पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ गरिएको छ । भारतबाट आजै उनलाई घोराही ल्याइनेछ ।
सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो । उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डीएसपी मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए ।






































