काठमाडौँ / जिल्ला प्रशासन कार्यालय बाँकेले कर्मचारीलाई कोभिड संक्रमण देखिएपछि मङ्गलबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दा लगायतका अत्यावश्यक बाहेक अन्य सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।
अत्यावश्यक सेवा लिन आउनेले पनि अनिवार्य रूपमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने कार्यालयले जनाएको छ । सेवा लिन आउनेलाई खोप कार्ड अनिवार्य गरिएको छ ।






































