बिर्तामोड / अवैध लागूऔषध ओसारपसारमा संलग्न दुई युवतीसहित चार पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, बाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका –११ गैरीगाँउ बस्ने धनकुटा मुगा नगरपालिका –७ घर भएकी २९ वर्षीया रेनुका तामाङ र बुढानीलकण्ठ नगरपालिका एकताबस्ती बस्ने धनुषा धनुषाधाम नगरपालिका –९ घर भएकी २१ वर्षीया लक्ष्मी लामा रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।






































