मोरङ / मोरङको बेलबारीबाट बाबूको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका –९ डाँगा बजारका ३५ वर्षीय जय बहादुर खत्री रहेका छन् ।
बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायसी विषयमा बुबासँग वादविवाद गरेको र वादविवादकै क्रममा रिसको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो ।






































