काठमाडौँ / हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागहरूको मौसम सामान्यतया सफा रहनेछ । राती पनि देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।






































