बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका ५ पञ्चकन्या चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ
पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय सुनिल लिम्बू रहेका छन् । हिजो बेलुका ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाइल थान -२ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।




































