बिर्तामोड / बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुँइटेल रहेका छन् । लुईटेललाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरि सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ । प्रतिवादी सिताराम लुँइटेल भएको बैंकिङ कसुरको मुद्दामा सम्मानित उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु १५ लाख जरिवाना भई लगत नं ८१७४ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।




































