जनकपुरधाम / मधेश प्रदेशमा हावाहुरी सहित भएको वर्षाका कारण तीन जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि सुरु भएको वर्षा सहितको हावाहुरीमा परी तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको हो ।
यस्तै, रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
शुक्रबार बिहानैदेखि देशका अधिकांश जिल्लामा वर्षा भइरहेको छ ।






































