काठमाडौं / नागीनको छैठौं संस्करण बन्ने भएको छ । नागीन ६ श्रीपञ्चमीका दिनदेखि प्रसारणमा आउने छ ।
एकता कपुरको निर्माता तथा निर्देशनमा बन्न लागेको नागीन ६ मा तेजस्वी प्रकाशको मुख्य भुमिका रहने छ । नागीन ६ मा एकताले १३० करोड भारतीय रुपैँया लगानी गर्ने भएकी छिन् । यति ठुलो लगानीमा बन्न लागेको नागीन ६ का कलाकारहरुलाई र एकतालाई सो फ्लप हुन्छ की भन्ने ठुलो तनाब छ । भारतीय सञ्चारमाध्यमका अनुसार करोडौंको लगानीमा बन्न लागेको नागीन ६ यदि हिट भएन भने एकताले अर्को बर्षदेखि फ्रेन्चाइज नै बन्द गर्ने बताएकी छिन् ।






































