उनको विगत दुई सातादेखि आईसीयूमा उपचाररत थिइन् । पछिल्लो समय सुधारको लक्षण देखिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।
सानैदेखि संगीत क्षेत्रमा प्रवेश गरेकी लताले ३६ भाषामा गीत गाएकी छन् । उनले ३० हजारभन्दा बढी गीत गाएकी छन्। उनले नेपाली गीतमा पनि स्वर भरेकी छन् ।
उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन्।






































