झापा /  झुक्याएर मोटरसाइकल चोरी गर्ने एकजनालाई प्रहरीले  पक्राउ परेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका- १९ थुमौना बस्ने १९ वर्षीय टीका यादव रहेको जिल्ला  प्रहरी कार्यालय धनुषाले  जानकारी दिए ।

टीकाले आफू क्राइम ब्रान्चको व्यक्ति हुँ भन्दै मोटरसाइकलको ब्लुबुक निकाल्न लगाई हेरेर यो मोटरसाइकल चोरीको हो, यसलाई अनुसन्धान गर्न जिल्लामा चेकजाँचको लागि लग्नुपर्छ भन्दै झुक्याएर डर त्रास देखाई प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लुबुक लगेको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको अनुसन्धान टोलीले घटनामा संलग्न यादवलाई  पक्राउ गरी चोरी भएको मोटरसाइकल र ब्लूबुकसँगै फेला पारी चोरी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।