झापा / मनसा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । झापाको मेचीनगर नगरपालिका –१४ दुहागढीस्थित उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।
उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेका अनुसार बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् ।






































