झापा / कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा ५ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । वाणगङ्गा नगरपालिका ९ चौवासमा रहेको रामसमुज थारूको घर गोठमा लुकाइ छिपाइ लोड गरेर राखिएका ५ थान भरुवा बन्दुकसहित ६० वर्षीय थारूलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।






































