झापा / आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले दाङबाट दुई महिलालाई पक्राउ गरेको छ ।
घरायसी विवादका क्रममा बुधबार बिहान बसन्तीले सासुको टाउकोमा काठको मुग्रोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।उनको शव घर नजिकै रहेको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ ।






































