झापा / २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका –७ नयाँगाउँ बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङ रहेको प्रहरीले जनाएको छ ।
ती महिलालाई एकै दिन फरक समय र स्थानमा जबरजस्ती करणी गरिएको थियो । पक्राउ परेका राजुले ती महिलालाई फोनमार्फत काम छ भनी आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ । महिला उक्त ठाउँबाट आफ्नो घरतर्फ फर्किने क्रममा सोही ठाउँस्थित बाटोमा सुजनले पनि जबरजस्ती करणी गरेका हुन् ।
एकै महिलालाई फरक फरक स्थानमा जबरजस्ती करणी भएको खबर प्राप्त भएपछि अस्थाई प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।