झापा / कैलालीमा विवाहमा झगडा हुँदा युवाहरूबीच कुटाकुट हुँदा एक युवाको मृत्यु भएको छ । कुटाकुटबाट मृत्यु हुनेमा भजनी नगरपालिका ९ का २५ वर्षीय वसन्त चौधरी रहेका छन् । उनको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विवाहमा वसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश विष्ट, गणेश सिंह, २५
वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दीपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो । कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।