झापा / कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार केही महिनादेखि बन्धक बनाएको गुनासोपछि उनीहरूको उद्धार गरिएको हो ।

‘काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको गुनासो आएको थियो,’ डीएसपी जोशीले भने, ‘सोही गुनासोको आधारमा तीन जनाको उद्धार गरिएको छ। रेष्टुरेन्ट सञ्चालक सहित तीन जनालाई पक्राउ पनि गरिएको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले उद्धार गरिएका किशोरी र पक्राउ परेका अन्य तीन जनासँग सोधपुछ भइरहेको बताए ।