काठमाडौं / प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजना चिनियाँ नागरिक सहित ३७ जनालाई पक्राउ गरेको छ । टेलिफोन कल बाइपास तथा अनलाइन जुवाको धन्दा चलाएको आरोपमा उनीहरूलाई सोमबार राती पक्राउ गरिएको स्रोतले जनाएको हो । 

पक्राउ परेका उनीहरू सबैलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । पक्राउ परेका हरूको अनुसन्धान भइरहेको साथै थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।