झापा / दाङको तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किँदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
त्यस्तै घाइते भएका मोटरसाइकल चालक तुलसीपुर-१८ का रमेश वली र हायस माइक्रोबस चालक २६ वर्षीय करण परियारलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लागिएको छ ।
त्यस्तै हायश चालकका भाइ तुलसीपुर-१८ का २४ वर्षीय कमल परियारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते एक जना भने डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ ।






































