काठमाडौं / महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किदा दुई जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएको र अर्का घाइते राजन ओलीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पुलको पर्खाल भत्किएपछि प्रहरीले त्यहाँबाट आवतजावत बन्द गरिएको छ।






































