यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-४ ईमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याडमिन्टन कोर्टभित्रै तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






































