बिर्तामोड / सर्लाहीको ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईश्वरपुर नगरपालिका ४ र १४ को सीमामा पर्ने अमुवा खोलाको पुलमा बुधबार ज ११ प ८९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
मोटरसाइकल पुलबाट तल खस्दा त्यसमा सवार महोत्तरीको औरही नगरपालिका–१ का ३२ वर्षीय चन्दनकुमार साह र सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियाका राम विश्वास मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुलमुनि मोटरसाइकलसहित दुई जनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

सर्लाहीको हरिपुरस्थित चिताइन मेलाबाट राति फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

 घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।