झापा / रौतहटको कटहरियामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । कटहरिया नगरपालिका वडा नम्बर २ हथियाहीका ६२ वर्षीय हरिनारायण राउत बरै रहेका छन् ।
बुधबार बिहान आफ्नै मकैबारीमा मोटरबाट पानी पटाउने क्रममा नाङ्गो तार छुदाँ बरैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव पोस्टमार्टम पछि आफन्त जनलाई बुझाइएको छ ।




































