काठमाडौं / काठमाडौंको बुढानीलकण्ठ- ५, थाकथोकमा एक जनाको हत्या आरोपमा २ पक्राउ लाई गरको छ ।
बुढानीलकण्ठ ४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
उनका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् ।
प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो । तर सनाखत हुन सकेको थिएन । शंकास्पद लागेपछि अनुसन्धानमा सहयोग गर्ने प्रहरी कुकुरसहितको टोली लिएर अनुसन्धान थालेको एसपी मैनालीले बताए ।




































