झापा  / पोखरीमा डुबेको अवस्थामा गुल्मीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मुसीकोट नगरपालिका ५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक  गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७् ६८ वर्षीया महिला डुबेको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक  भट्टराईले बताए । घटनाबारे थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएका छन् ।