बिर्तामोड / नेपाल पत्रकार महासङ्घ सुनसरी सहित अन्य विभिन्न सङ्घसंस्थामा आवद्ध धरानकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । धरान– १५ पुष्पलाल मार्गमा बसोबास गर्दै आएका महेश्वर राईकी पत्नी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी हुन् ।
केसी पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्य , धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवनको अध्यक्ष , महिला सञ्जाल धरान नगरकी सदस्य र आसरा सुधार केन्द्रकी सदस्य समेत रहेकी छिन् ।






































