काठमाडौँ / भक्तपुरमा एक ६० बर्षिया महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक ४ दधिकोटकी पुजा गुभाजूमाथि आज बिहान एसिड प्रहार भएको हो ।
एसिड प्रहारबाट घाइते भएकी महिलाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले पीडितका श्रीमानले नै एसिड हानेको शंका गरेको छ । उनीहरूबीच घरायसी विवाद रहँदै आएको थियो ।






































