झापा / कैलालीमा सोमबार एकजना पुरुषको शव शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।
धनगढी उपमहानगरपालिका –५ स्थित करेसाबारी टोलमा कलर्ड नजिकै नालीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार घटनास्थल नजिकै रगत लागेको काठको टुक्रा पनि भेटिएको छ ।
डीएसपी जोशीको नेतृत्वमा प्रहरी टोली अहिले घटनास्थलको अनुसन्धानमा जुटेको छ । अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको छ ।






































