काठमाडौं ।नायिका रेखा थापाले दिएको उजुरीपछि प्रहरीले  एक युट्युवरलाई पक्राउ गरेको छ ।

प्रहरीले  ‘सेलेब नेपाल’ नामक च्यानलका युट्युवर राहुल थापालाई पक्राउ गरेको हो।

उनीमाथि  युट्युव च्यानलमार्फत व्यक्तिको मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको  आरोप छ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर ती युट्युवरले आफू विरूद्द भ्रामक सामग्री प्रसारण गरेकाे भन्दै नायिका थापाले उजुरी दिएकी थिइन् ।

सोहि आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।