झापा / तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका –१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको हो ।
ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ। ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।




































