झापा / झापाको मेचीनगर नगरपालिका-५ पिपलडाँडा चौकको बाझो खेतमा फाल्गुन २५ गते एक महिला मृत फेला परेकी थिइन् । उक्त घटनामा मृत फेला परेकी ६८ वर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
फाल्गुन २५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर घर नफर्किए पछि निजको श्रीमान जगत कुँवरले खोजतलास गर्दा घर देखि २०० मिटर टाढा मृत अवस्थामा फेला पारेका थिए । जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघीय प्रहरी इकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली तत्कालै घटना स्थलमा पुगेको थियो ।






































