झापा / चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको भएको हो ।
प्रहरीका अनुसार शुक्रबार बेलुका करिब पाँच बजे प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






































