बिर्तामोड / लागूऔषध खैरो हिरोइन सहित मेचीनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका- ६ बस्ने ३४ वर्षीय दीपेन्द्र भण्डारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड / लागूऔषध खैरो हिरोइन सहित मेचीनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका- ६ बस्ने ३४ वर्षीय दीपेन्द्र भण्डारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मेचीनगर-६ स्थित मेची पुल नजिकैबाट इलाका प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेका भण्डारीलाई शङ्का लागी चेक जाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने प्लास्टिक बाहेक ८ ग्राम लिसाईलो पदार्थ फेला परेको हो । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान अगि बढाइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.