इनरुवा / सुनसरीबाट प्रहरीले मानव तस्करीको आरोपमा एक जना भारतीय नागरीकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् ।
सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका – ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो ।






































