गोरखा / गोरखामा एक वृद्धको शव फेला परेको छ ।
विगत १० दिनदेखि हराइरहेका गोरखा नगरपालिका –१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव फेला परेको हो।
न्यौपानेको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनी गत फागुन २३ गतेदेखि परिवारको सम्पर्कमा थिएनन्।






































