काठमाडौँ / उपत्यकामा आज (बिहीबार) होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने एक सय आठ सवारीसाधन कारबाहीमा परेका छन्। 

ट्राफिक नियमको उल्लंघन गर्ने एक सय चार वटा दुई पाङ्ग्रे र चार वटा चार पाङ्ग्रे गाडी कारवाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए। 

दासका अनुसार कारबाहीमा पर्नेहरूमा मापसे गर्ने, सवारीचालक अनुमतिपत्र नबोक्नेहरू रहेको महाशाखाले जनाएको छ। 

होलीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजरमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था तयार पारिएको छ। 
त्यसअनुसार महाशाखाले काठमाडौं उपत्यकामा ६८ ठाउँमा विशेष चेक पोइन्ट राखेको छ। 

उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेलमेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ।