चुनाव हुनेमा आशंका नगर्न आग्रह गर्दै उनले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुने समेत उल्लेख गरेका छन् । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त गरेपछि देउवाले चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् ।प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ मा नगरपालिकाले प्रशासनिक भवनको शिलान्यास समेत गरेका छन् । नगरपालिकाको प्रशासनिक भवन करिब २७ करोड लागतमा निर्माण हुने नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी गराएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.