बिर्तामोड / विद्यार्थीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि सँगै उद्यमशीलतासँग जोड्न सहजता पुर्याउने उद्देश्यले झापाको बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिमको आयोजना गरिएको छ ।
स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि. र भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा. लि.को संयुक्त आयोजनामा चैत २६ गते शनिवारका दिन तालिमको आयोजना गरिएके हो । एसइइ उत्तीर्ण गरेका र स्नाकोत्तरसम्मको अध्ययन गर्दै गरेका विद्यार्थीलाई लक्षित गर्दै नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलता सम्बन्धी तालिमको सहजीकरण सन्दिप क्षेत्रीले गर्ने छन् ।
कार्यक्रममा सहभागिता जनाउने मध्ये विद्यार्थी वर्गलाई पाँचसय रुपैयाँ र अन्यलाई एक हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको बताइएको छ ।






































