झापा / सर्लाहीको धनकौल गाउँपालिका-५ हरकठवास्थित एक बस्तीमा आगलागी हुँदा करिब रु २६ लाख बराबरको क्षति भएको छ । शनिबार साँझ भएको आगलागीमा परि १३ घर जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानूको घर जलेर नष्ट भएको हो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।






































