बिर्तामोड / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत रहेका ५३५ जना कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०७८ चैत्र ११ गतेसम्म अन्तर स्थानीय तह सरुवाका लागि निवेदन दिएका विभिन्न सेवा समुह, तहका ५३५ जना कर्मचारीहरूको सरुवा गरिएको हो।
निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत १५ भित्र नै आवश्यक कर्मचारीको सरुवा गर्नुपर्ने भए गर्नका लागि आग्रह गरेको थियो । मन्त्रालयले आयोगले दिएको समयसीमा भित्रै कर्मचारीको सरुवा गरेको हो ।






































