चितवन / चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९, बाँदरझुलाका सुरेश बिक रहेका छन् ।
आफन्तको घरमा बस्दै आएका बिकलाई भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ बाघले आक्रमण गरेको थियो ।
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् ।




































