मोरङ / मोटरसाइकल दुर्घटनामा परी मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । हिजो(आइतबार) राती टंकीसिनवारी चोकमा तीनजना सवार को १७ प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाईते भएका मोटरसाइकल चालकलाई उपचारको लागी विराट मेडिकल कलेज गंगाचोक लगिएकोमा उपचारको क्रममा रातिनै मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा इटहरी १९ खनारका २२ वर्षीय अनिस कार्की रहेका छन् ।
मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।




































