काठमाडौँ  / काठमाडौँको बौद्धबाट अनलाइन गेम बिङ्गो खेलेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –१ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका –७ स्थित शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पासहित १६ जना रहेका छन् । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका –६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट पक्राउ गरेको हो । 

उनीहरूको साथबाट प्रहरीले ७४ हजार १ सय ५० रुपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।