ताप्लेजुङ ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङमा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । आइतबार माछा मार्ने क्रममा खोलाले बगाउँदा सोही स्थानका २० वर्षीय पर्वत खोक्लिङ बेपत्ता भएका हुन् ।  

आइतबार साँझ पर्वत अन्य दुईजना साथिसंग माछा मार्न तमोर नदी गएका थिए । माछा मार्ने क्रममा पर्वतलाई बगाएपछि उनका साथीले तत्काल आफन्तलाई खबर गरेका हुन् । लगतै आफन्त र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेपनि हालसम्म उनलाई फेलापार्न सकिएको छैन । 

स्थानीयइलाका प्रहरी कार्यलय दोभानको टोलीले उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।