भोजपुर / भोजपुरको पौवादुङमा गाँउपालिका -२ स्थितमा खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ ।

आज दिउँसो साढे ११ बजे मामली घर पौवादुङमा बस्ने मोरङको केराबारी गाउँपालिका-७ का गणेश मगरका २ वर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडी खाल्डोको पानीमा डुबेका थिए ।

अचेत अवस्थामा आफन्तले फेला पारी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । ।