काठमाडौँ / मकवानपुरमा ९० किलो गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ ५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको ट्रकको जाँच गर्ने क्रममा क्याबिनको भागबाट ९० किलो गाँजा फेला पारेको हो ।
भारतीय नम्बर प्लेट भएको सो ट्रक जाँच गर्ने क्रममा ट्रकको क्याबिनको भागमा फल्स बटन बनाइ गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
ट्रकका चालक मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय भारतीय नागरिक असगर अलीसहित गाँजा र ट्रकलाई नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।




































