उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका -१३ बेहर्डवामा ६६ वर्षीया वृद्धाको गर गहना लुटपाट पछि हत्या भएको छ । बुधबार राती स्थानीय सुखरीदेवी चौधरीको हत्या भएको हो । चौधरीका श्रीमान बच्चुलाल चौधरी र घरका अन्य सदस्य बाहिर गएको मौकामा सुखरीदेवीको हत्या गरेको प्रहरीले जनाएको छ । सुखरीदेवीले लगाएको नाक, कानको गर गहना लुटपाट भएको थियो । उनको शव घरकै ओछ्यानमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।






































