पाँचथर / पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा शनिबार पाँचथर फालेलुङ गाउँपालिका-१ का २७ वर्षीय प्रेम कुमार गौली रहेको प्रहरीले जनाएको छ । शनिबार राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आँउदै गरेको ना.२ ख ८३१६ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।






































