कैलाली / कैलालीको मोहन्याल गाउँपालिका-१ मा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादका क्रममा ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियाले हानेर हत्या गरेकी हुन् ।
आइतबार राति करिब १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा फूमाले हँसिया प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।






































